अचानक निन्द्राबाट आँखा खुल्यो । सार्है तिर्खाएको रहेछु , बिस्तारै सिरक सारेर ओछ्यानबाट लसक्क झरे, अनी बिरालो चालमा किचन छिरे। केही बोटल थिए टेबलमा पानी भएको चाही उचालेर घट घट पिए । फर्किएर ओछ्यानमा पल्टिन्दै गर्दा हात लम्कएर मोबाईल न गरे , ए बिहानको ३:२४ भएको रहेछ। शरीरलाई पुन सिरकमा गुट्मुटाउदै फेरी निन्द्रामा डुब्ने कोस्स गरे।