Thursday, July 7, 2011

असार १५ ( रोपाइको सम्झना )

दुई दिनको आबिरल झरी

खेतमा पानी टन्न भरी

त्यसपछी आमालाई मौका छोप्न हतारो

मलाई पनि साघाउन चटारो

अनी दौडाउथे गोरु बारी बारी

खेताला पनि देखिन्थे वारी पारी


डोकोभरी मौलाएका हरिया धानका बिऊ

पानीले निथ्रुक्क भिज्दै बोकेको त्यो जिऊ

सुरु हुन्थ्यो छ्यप्ल्यङ छुप्लुङ हिलो सँग पैठे जोरी

रोपरीहरु गाउँदै र रोप्दै आउथे एकोहोरी

केही बेरमा आमा आउनु हुन्थ्यो खाजा पोको पारी

खादा खाँदै थाहै नपाइ हुन्थ्यो पेट भरी


फर्किन्थ्योउ हिलोमा खाजा खाइवरी ,हतारिन्थ्योउ रोपाइ भ्याउन घाम छदै डाडा पारी

तर कहिले त हुन्थ्यो दिन ढलेर पनि आकाशमा चन्द्र

यस्तै गरी बितथ्यो हाम्रो असार पन्ध्र

No comments:

Post a Comment

A Bad dream

Wow!!! What a f****d up dream. Its 8:40 in the morning. I felt like i wanted to slap my wife so hard who is sleeping quietly next to me. Bu...